'इन्काउण्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास भयाे'

 असार ७, २०७६ शनिबार १७:१२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुने भन्दै सरकार र मातहतका निकायलाई त्यसतर्फ सचेत बन्न सुझाव दिनुभएको छ । 

आयोगले शनिबार काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले पछिल्लो समय इन्काउण्टर संस्कृति विकास हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरी अपराध प्रमाणित गर्नुपर्ने हो तर त्यसो नभएको उहाँकाे गुनासाे छ ।   

'प्रहरीले आफ्नो सजिलोका लागि इन्काउण्टर शब्द प्रयोग गरी व्यक्ति हत्या गर्ने प्रवृति बढ्दै जाँदा त्यसले कानुनको उपहास गर्ने उहाँको भनाइ छ, उहाँले भन्नुभयो, 'इन्काउण्टर संस्कृतिको विकास भो भने कानुनी राज्यको उपहास गर्छ ।'

चरी, घैँटे र भक्तपुरका बालक अपहरणपछि हत्यामा संलग्न दुई जनाको इन्काउण्टरमा मृत्यु भएको घटनालाई आयोगले अध्ययन गरिररहेको पनि उहाँले स्पष्ट पार्नुभयो । पछिल्लो समय नेत्र विक्रम चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउण्टरमा मृत्यु भएको थियाे ।  

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया