राजस्थानले दियो बेंग्लोरलाई १६५ रनको लक्ष्य

 जेठ ५, २०७५ शनिबार १९:३१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ५ –आईपीएल क्रिकेट अन्तगर्त शनिबारको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

राजस्थानका लागि राहुल त्रिपाठीले अविजित ८० रन बनाए । उनले ५८ बलमा ५ चौका र ३ छक्का  प्रहार गरेका थिए । त्यस्तै कप्तान अजिंक्या रहानेले ३३ र हेनरिक क्लासेनले ३२ रन बनाए ।

रहानेले ३१ बलमा ३ चौका तथा क्लासेनले २१ बलमा ३ चौका र १ छ्रक्का हाने । बेंग्लोरका लागि उमेश यादवले ३ र मोहम्मद सिरजले १ विकेट लिए । आजको खेल हार्ने टोली प्लेअफमा नपुगि यसपटकको आईपीएलबाट घर फर्किनेछ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया