पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

 असार ८, २०७६ आइतबार ६:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – शनिबार दिउँसोदेखि परेको वर्षाको कारण पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । 

स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड अन्र्तगत लिङलिङमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउनका लागि बिहानैदेखि पहिरो हटाउने काम सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

पहिरो पन्छाउनका लागि रसुवागढी जलविद्युत् आयोजना र लाङटाङ खोला जलविद्युत् आयोजनाले काम गरिरहेका छन् । शनिबार राति ८ बजे त्यस क्षेत्रमा पहिरो गएको थियो ।

सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाण्डौ जान लागेका मालवाहक कन्टेनर रोकिएका छन् ।
    
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया