बसको ठक्करबाट रुपन्देहीमा दुई जनाको ज्यान गयो

 असार ८, २०७६ आइतबार ९:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – बसको ठक्करबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना–६ कलौनेमा दुई जनाको ज्यान गएको छ ।

शनिबार राति महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाएका दुबैजनाको परिचय खुल्न बाँकी रहेको इलाका प्रहरी प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविराज मैनालीले जानकारी दिनुभयो । बसको ठक्करपछि मोटरसाइकलमा आगो लागेको थियो ।

आगोले दुई जनाकै शव जलेको र दुई जनाकै शव लुम्बीनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरी निरीक्षक मैनालीले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया