पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

 असार ८, २०७६ आइतबार ९:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – पहिरो हटाएपछि अहिले नारायणगढ मुग्लिन सडकखण्डमा गाडी गुड्न थालेका छन् ।

आइतबार बिहान जलबिरेमा खसेको पहिरो हटाएपछि अहिले गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्षायाममा पटकपटक पहिरो खस्दा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया