पहिरोले अवरुद्ध रसुवागढी नाका जोड्ने सडक १२ घण्टापछि खुल्यो

 असार ८, २०७६ आइतबार ९:१९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – पहिरोका कारण बन्द भएको रसुवागढी नाका जोड्ने सडक  १२ घण्टापछि खुलेको छ ।

शनिबार बेलुकी ८ बजेतिर लिङलिङमा पहिरो खसेपछि अवरुद्ध भएको स्याफ्रुबेसी–रसुवागढी सडकखण्डमा अहिले गाडी चल्न थालेका छन् ।

बिहान साढे ८ बजेतिर सडक खुलाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुुभयो । 

सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाण्डौ जान लागेका करिब ५० ओटा मालवाहक कन्टेनर रोकिएका थिए ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया