देशभर मनसुन फैलियो, पश्चिममा ठूलो पानी पर्ने सम्भावना

 असार ८, २०७६ आइतबार १२:७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनसुन देशभरी नै फैलिएको छ । गएको बिहीबार पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन आइतबार सुदूरपश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसकै प्रभावले अहिले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार मनसुन पश्चिम पुगेकाले पश्चिमको केही भूभागमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने उहाँको अनुमान छ ।

यस्तै आइतबा उच्च पहाडी भेगमा हिपमात पनि हुने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन फैलिएर सेप्टेम्बर २३ तारिखमा पश्चिमबाट बाहिरिन्छ ।

यो वर्ष १० दिन ढिला गरी गएको बिहीबार पूर्वबाट प्रवेश गरेको मनसुन आइतबार देशभरी नै फैलिएको मौसमविद्ले बताएका छन् । यस्तै आइतबार चुरेबाट बहने नदीमा बाढीको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।  
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया