आवश्यकताभन्दा बढी अपिल गरेपछि काेहलीमाथि जरिवाना

 असार ८, २०७६ आइतबार १६:४९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसीले भारतीय टिमका कप्तान विराट कोहलीमाथि अम्पायरसँग अनुचित व्यवहार गरेकाे भन्दै जरिवाना लगाएको छ । 

शनिबार भएको अफगानिस्तानविरुद्धको खेलमा आवश्यकताभन्दा बढी अपिल गरेपछि कोहलीमाथि म्याच फिसको २५ प्रतिशत जरिवाना तोकिएको हो । अम्पायरसँग नराम्रो व्यवहार गरेपछि आईसीसीले कोहलीविरुद्ध यो कदम उठाएको हो । 

आईसीसीले आइतबार एक बयान जारी गर्दै कोहलीले २९ औं ओभरमा अम्पाएर अलीम डारको नजिक गएर आक्रामक र गलत तरिकाबाट एलबीडब्ल्यूको अपिल गरेकाे जनाएकाे छ । कोहलीले पनि आफ्नो गल्ती स्वीकारेका छन् । सन् २०१६ मा रिवाइज्ड कोड लागू भएपछि कोहलीको यो दोेस्रो गल्ती हो । 

अफगानिस्तानविरुद्धको खेलमा भारत ११ रनले विजयी भएको थियो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया