लोकसेवा आयोगको विज्ञापनविरुद्ध परेको रिटमा बुधबार सुनुवाइ हुने

 असार ८, २०७६ आइतबार १८:८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लोकसेवा आयोगको विज्ञापनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ ।

आइतबार दिनभरी बहस भए पनि नसकिएकाले निरन्तर सुनुवाइ अन्तगरत बुधबारका लागि सारिएको हो । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्चमा ४ वटा रिट परेका छन् ।  लोकसेवाले समावेशी सिद्धान्त पालना नगरी स्थानीय तहका लागि विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।

यी सबै रिटलाई एकै ठाउँमा राखेर न्यायाधीश हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भइरहेको छ । आयोगले गएको जेठ १५ गते देशभरका ५ सय १५ स्थानीय तहका लागि ९ हजार, १ सय ६१ सिटका लागि विज्ञापन गरेको थियो ।  


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया