काठमाण्डाैसहित देशको धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

 असार ९, २०७६ सोमबार ७:२९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  काठमाडौसहित देशको धेरैजसो ठाउँको मौसम साेमबार आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

साेमबार विषेशगरी पूर्वका केही ठाउँ, मध्य-पश्चिम र सुदूर-पश्चिमका केही ठाउँमा अलि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

मनसुनी गतिविधि बढेका कारण पानी पर्ने सम्भावना रहेको उहाँको भनाई छ । तर आइतबार जस्तो भारी वर्षाको सम्भावना भने नभएको मौसमविद् अर्यालले बताउनुभयो ।

साेमबार बेलुका भने देशको सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।  अबको १/२ दिनको मौसम यस्तै हुने छ । 

यसैबीच साेमबार पानी परेपछि देशका प्रमुख नदीहरुमा पानीको बहाब बढ्ने तर खतराको तह पार नगर्ने बाढी पुर्वानुमान महासाखाले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया