न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म सुदूरपश्चिमका ससाना खोलामा बाढी आउन सक्ने पूर्वानुमान गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने साना नदी र जलाधारहरुको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी आउन सक्ने हुँदा सतर्क रहन आग्रह गरेको छ ।
उपत्यकासहित देशको धेरैजसो ठाउँको मौसम सोमबार आंशिकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार विषेशगरी पूर्व र मध्य क्षेत्रको तुलनामा सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मनसुनी गतिविधि बढीरहेका कारण पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो ।