चेल्सीले पूर्व खेलाडी फ्राङ्क लाम्पार्डलाई प्रशिक्षकमा नियुक्त गर्ने

 असार ९, २०७६ सोमबार १४:२५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब चेल्सीले दुई दिनभित्रमा पूर्व खेलाडी फ्राङ्क लाम्पार्डलाई प्रशिक्षकमा नियुक्त गर्ने तय भएको छ । बेलायतको सञ्चारमाध्यमका अनुसार लाम्पार्डसँगै चेल्सीले उनको एसिस्टेन्ट जोडी मोरिसलाई पनि अनुबन्ध गर्ने भएको छ । जुन घोषणा ४८ घण्टामा हुने खुलासा भएको छ । 

माउरिसियो सार्रीले क्लब छोडेपछि लाम्पार्ड चेल्सीको प्रशिक्षणमा फर्किने प्रमुख दाबेदार हुन् । खेल करियर सकेर प्रशिक्षणमा होमिएको पहिलो सिजनमै लाम्पार्डले डर्बी काउन्टीलाई च्याम्पियनसिपको प्लेअफसम्म पु¥याएका थिए । प्लेअफमा डर्बी एष्टन भिल्लासँग पराजित भएपछि प्रिमियर लिगमा बढुवा हुन असफल भएको थियो ।

फाइनान्सियल फेयर प्लेका कारण चेल्सीले यो सिजन कुनै पनि खेलाडी अनुबन्ध गर्न पाउँदैन । त्यसैले लाम्पार्डले युथ एकेडेमीबाट केही खेलाडीलाई मौका दिएर राम्रो टिम बनाउन सक्ने अपेक्षा गरिएको छ । 
खेलाडीका रुपमा लाम्पार्डले चेल्सीमा ६४८ खेल खेलेका थिए । २११ गोल गर्दै लाम्पार्डले चेल्सीमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड पनि बनाएका छन् । 

डर्बीका लागि लाम्पार्डले ५७ खेलमा २४ गोल गरेका छन् । उनले डर्बीलाई कारवाओ कपको क्वार्टर फाइनलसम्म पनि पुर्‍याएका थिए । त्यस क्रममा डर्बीले म्यानचेस्टर युनाइटेडलाई पनि हराएको थियो । क्वार्टरफाइनलमा भने चेल्सीसँग पराजित भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया