विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई ठूलो धक्का, रसेल बाहिरिए

 असार ९, २०७६ सोमबार २०:२३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसिय विश्वकपमा खराब फर्ममा रहेको वेष्ट इण्डिजलाई ठूलो धक्का लागेको छ । उसका अलराउण्डर आन्द्रे रसेल विश्वकपबाट बाहिरिएका छन् ।

लामो समयपछि विश्वकपका लागि टिममा परेका वेष्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान तथा बलर रसेल चोटका कारण विश्वकपमा दुई खेलमा पनि टिम बाहिर परेका थिए । अब उनको चोट निको नहुने भएपछि उनले विश्वकपका बाँकी खेल गुमाउने भएका छन ।

उनको स्थानमा सुनील अम्ब्रिस टिममा परेका छन । ६ खेलमा वेष्ट इण्डिजले चारमा हार र एकमा मात्र जित निकालेको छ । एक खेल वर्षाका कारण रद्ध भएको थियो । रसेल आउट भएपछि टिमलाई ठूलो दबाब परेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया