जावलाखेलमा प्रेसर कुकर बम, सेनाद्वारा डिस्पोज

 असार १०, २०७६ मंगलबार ७:२३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ । मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडी होटलको सटरमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ ।

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार जावलाखेलमा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनालाई खबर गरिएको थियो । 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । गएको बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो । 

बम विप्लव समूहले नै राखेकाे प्रहरीकाे दाबी छ । 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया