भारतीय क्रिकेटर मनप्रीत गोनीले लिए सन्यास

 असार १०, २०७६ मंगलबार १०:२७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेटर मनप्रीत गोनीले सन्यास लिएका छन् । हालै युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि उनी ग्लोबल टी–२० क्यानडामा आवद्ध भएका थिए ।

गोनीले  भारतका लागि २ वटा एक दिवसीय क्रिकेटमा सहभागिता जनाएका थिए । तर उनको प्रदर्शनले भारतीय टिममा लामो समयसम्म स्थान बनाउन सकेनन् र उनी घरेलु लिगमा मात्रै देखिएका थिए । भारतीय खेलाडीहरुले घरेलु लिग लगाएतमा प्रतिस्पर्धा गरिरहेका बेला अन्य विदेशी लिग खेल्न नपाउने प्रावधान रहेकै कारण उनले भारतीय टिमका सबै फरम्याटबाट सन्यासको घोषणा गरेका हुन् । 

उनी पनि अब ग्लोबल टी–२० क्यानडा खेल्ने छन् । पञ्जाबका ३५ वर्षीय गोनीले पञ्जाव क्रिकेट एशोसिएशनलाई पत्र पठाउँदै भारतीय क्रिकेटबाट विदा भएको घोषणा गरेका हुन् । मनप्रीतले २००८ मा पाकिस्तानमा भएको एशियाकपमा हङकङविरुद्ध डेब्यू गरेका थिए ।

त्यसको तीन दिनपछि बंगलादेशविरुद्ध पनि खेले । दुवै खेलमा गरि १३ ओभर बलिङ गर्दा ७६रन दिएर २ विकेट लिए । त्यसपछि उनी कहिल्यै भारतीय टिमको सदस्य बन्न सकेनन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया