देशमा दण्डहीनता झनै बढेर गयो : राष्ट्रिय मानव अधिकार आयोग

 असार १०, २०७६ मंगलबार १३:२६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले देशमा दण्डहीनता झनै बढेर गएको निष्कर्ष निकालेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले ‘इन्काउन्टर’को नाममा मारिएको भनेबाट मुलुकमा झनै दण्डहिनता बढेर गएको निष्कर्षमा पुगिएको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताउनु भएको हो । 

सोमबार ललितपुरस्थित आयोगको कार्यालयमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रहरीले यो घटनाको अनुसन्धानलाई नै प्रभावित पार्ने गरी इन्काउन्टरमा मारिएको भनेकोमा पनि आपत्ति जनाउनु भयो ।

अध्यक्ष शर्माले सरकारले ल्याएको मानव अधिकार आयोग ऐनसम्बन्धी विधेयक र प्रेस स्वतन्त्रता विरोधी विधेयक मानव अधिकारको ठाडो उल्लंघन हुनेगरी आएको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष शर्माले मानव अधिकार आयोग ऐन संशोधन गर्न बनेको विधेयक मानव अधिकार आयोगलाई नियन्त्रण गर्ने गरी आएको दाबी गर्दै मान्य नहुने पनि स्पष्ट पार्नुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया