दक्षिण एसियाली तेक्वाण्दो प्रतियोगितामा पाल्पाका ३८ खेलाडी सहभागी हुँदै

 असार २२, २०७५ शुक्रबार १७:०:१७ | देव पचभैया
unn.prixa.net

पाल्पा - असार २९ देखि ३१ सम्म काठमाडौंमा हुन लागेको दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा पाल्पाका ३८ जना खेलाडी सहभागी हुने भएका छन् ।

प्रतियोगितामा पाल्पाका ६ डोजाङका ३८ खेलाडी प्रतिस्पर्धी रहेको  पाल्पा आई. टि.एफ. तेक्वान्दो एसोसियसनका जिल्ला उपाध्यक्ष एवं अन्र्तराष्ट्रिय प्रशिक्षक कृष्ण थापाले  जानकारी दिनुभयो ।

सहभागी हुनेहरुमा बेत्थल तेक्वान्दो डोजाङ्गबाट  २० जना, सगरमाथा डोजाङ्ग आर्यभञ्याङ्बाट  ३ जना, मदरल्याण्ड डोजाङबाट  ३, ग्राम्य डोजाङबाट १, रामपुर डोजाङबाट ३ र प्यारागन डोजाङबाट २ जना रहेका छन् ।

खेलाडीहरु बेल्ट, उमेर र तौल अनुसार प्रतिस्पर्धामा गर्ने छन् । पाल्पाबाट सहभागीमध्ये सातौं राष्ट्रिय खेलकुदको तेक्वाण्डोमा स्वर्ण पदक विजेता साजन पचभैया, कास्य पदक विजेता दान कुमार सारु पनि सहभागी हुँदैछन् ।

अन्तरराष्ट्रिय प्रतियोगिता भएकाले पनि जिल्लाका खेलाडीहरुबाट प्रतिस्पर्धा गरेर सहभागीहरुको छनौट गरिएको पाल्पा आई.टि.एफ ले जनाएको छ ।  

नेपालमा ३ पटक अन्र्तराष्ट्रिय दक्षिया एसियाली प्रतियोगिता र एक पटक एसियाली प्रतियोगिता सम्पन्न भैसकेको छ । 

 

अन्तिम अपडेट: चैत २७, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया