प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ – युरोपेली राष्ट्र लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर कार्यक्रममा सहभागी भएका सांसद प्रदीप यादवलाई समाजवादी पार्टी, नेपालले निलम्बन गरेको छ ।
गएको वैशाख २४ देखि २७ गतेसम्म लाटभियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालबाट यादव र राजपाका सांसद एकबाल मियाँ सहभागी भएका थिए ।
लाटभिया भ्रमणबारे पार्टीले स्पष्टीकरण सोधे पनि यादवले जवाफ चित्तबुझ्दो नदिएपछि कारबाही गरेको हो ।
यादवलाई कारबाहीस्वरुप ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरिएको छ । सांसद पदबाट निलम्बन गर्ने नगर्ने कुनै निर्णय भने भएको छैन ।
स्वतन्त्र तिब्बतको माग गर्दै आयोजना गरिएको कार्यक्रममा नेपाली सांसदको सहभागितापछि काठमाण्डौस्थित चिनियाँ दूतावासले समेत चासो देखाएको थियो । यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ ।