दाङमा चट्याङले लागेर तीन जनाकाे ज्यान गयाे

 असार ११, २०७६ बुधबार ६:९:२३ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ - दाङकाे राप्ती गाउँपालिकामा चट्याङले लागेर तीन जना बालककाे ज्यान  गएकाे छ ।  एक जना गम्भीर घाइते भएका छन ।

दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटका १२ वर्षीय साजन चाैधरी,  १३ वर्षीय विवेक चाैधरी र १० वर्षीय रमित चाैधरीकाे चट्याङ लागेर ज्यान गएको हो ।

त्यसै ठाउँका अविनाश चाैधरी गम्भीर घाइते भएका छन्  । मंगलबार बेलुकी स्कुलकाे छेउमा खेलिरहेकाे बेला चट्याङले लागेकाे हाे । शवलाई पाेष्टमर्टमका लागि लमही अस्पतालमा राखिएकाे छ ।

लमही अस्पतालमा घाइतेकाेउपचार भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया