रुपन्देहीमा चट्याङले लागेर ३ जनाको ज्यान गयाे, ३ घाइते

 असार ११, २०७६ बुधबार ६:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

रुपन्देही - रुपन्देहीमा चट्याङले लागेर ३ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कञ्चन गाउँपालिका २ का ६० वर्षीय नन्दराम अर्याल, सैनामैना ७ का ६२ वर्षीय चन्द्रबहादुर विक र गैडहवा ७ का २५ वर्षीय  भगवानदास लोधको  चट्याङ लागेर ज्यान गएकाे हाे  । घरको खेतमा काम गरीरहेको बेला मंगलबार साँझ परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सियारी गाउँपालिका-२, की १४ वर्षीया ममता साहनी, वडा नम्बर ७ का ११ वर्षीय  गौतम मल्लाह र १५ वर्षीय  भोला मल्लाहको उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया