एएफसी कप : सातदाेबाटाेमा मनाङ मर्स्याङ्दी र चेन्नइयन एफसी प्रतिस्पर्धा गर्दै

 असार ११, २०७६ बुधबार ७:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी कप समूह चरणको अन्तिम खेलमा बुधबार नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र भारतको चेन्नइयन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल सवा चार बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । 

होम एण्ड अवेका आधारमा खेलाइएको प्रतियोगितामा मनाङले एउटा पनि जित हात पार्न सकेको छैन । पाँच खेल खेल्दा मनाङले दुई वटा खेल बराबरी खेलेको थियो भने बाँकी तीन खेलमा पराजय भोगेको थियो ।

बंगलादेशको अबहनीविरुद्धको खेलमा मनाङले पाँच गोलको लज्जास्पद हार व्यहोरेको थियो ।  मनाङले मिनर्भा पञ्जाबलाई दुवै खेलमा बराबरीमा रोकेको थियो । पाँच खेलमा मनाङले एघार गोल खाएको छ भने तीन गोल मात्र गरेको छ । आज मनाङ सान्त्वना जितको खोजीमा हुनेछ । 

चेन्नइयनलाई भने बराबरी पनि पर्याप्त हुने छैन । समूह ईमा अबहनी १० अंक बनाएर शीर्ष स्थानमा छ भने चेन्नइयन ८ अंकसहित दोस्रो स्थानमा छ ।

बुधबार मनाङलाई हराएरमात्र चेन्नइयनको यात्रा अघि बढ्ने छैन । यही समयमा पञ्जाब र अबहान पनि खेल्दैछन् । पञ्जाबमा हुने खेलमा अबहनी पराजित भएको खण्डमा चेन्नइन अर्को चरणमा प्रवेश गर्नेछ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया