धौलीगंगाको बाँध खोलिने,  महाकाली नदीको तटीय क्षेत्रमा सतर्क रहन आग्रह

 असार ११, २०७६ बुधबार ११:३८:३८ | जयराज अवस्थी
unn.prixa.net

फाइल फाेटाे

दार्चुला – भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी नुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध शुक्रबार खोलिने भएको छ । 

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि साउन १४ गते बेलुका साढे ६ बजेसम्म शिफ्ट फ्लशिङ्ग र सरसफाइको गरिने भएकाले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको हो ।

बाँधको ढोका खोलेपछि महाकाली नदी पानीको सतह बढी हुने भएकोले तटीय क्षेत्रमा जोखिम बढ्ने भएकोले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेराबाट कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले एक सूचनासमेत प्रकाशन गरेको छ ।

बाँध १४ गते बेलुकासम्म खोलिने भएकोले भए पनि १५ गते बेलुकासम्म तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत प्रमुख जिल्ला अधिकारीले आग्रह गर्नुभएको छ ।

दार्चुलाबाट बैतडी, डडेल्धुरा हुँदै कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । बैतडीको सेरा, झुलाघाटबाट कुस्मतघाटसम्म महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।

----------------------------------

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया