सुदूर पश्चिमलाई ६ विकेटले हराउँदै एपीएफले जित्यो महिला टी-२० क्रिकेटकाे उपाधि

 असार ११, २०७६ बुधबार १२:७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । 

महेन्द्रनगरमा जारी प्रतियोगितामा सुदूरप श्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । 

महेन्द्रनगरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदुर पश्चिमले २० ओभरमा नौ विकेट गुमाउँदै ७१ रन बनायो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा रुवी पाेदारले २४, कविता कुवँरले २२ बनाइन् । यस्तै मञ्जु बोगटीले आठ रन बनाउनु बाहेक अरु खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । उसका चार खेलाडीले खाता खोल्न सकेनन् ।

बलिङमा एपीएफकी करुणा भण्डारी र सीता रानामगरले तीन-तीन विकेट लिए भने सोनु खड्का, ममता चौधरी र रेखा रावलले एक-एक विकेट हात पारे ।

जवाफमा एपीएफले १५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । उसका लागि इन्दु बर्माले २२, सीता रानामगरले १८ र ज्योति पाण्डले १७ रन बनाए । यस्तै सोनु खड्का र ममता चौधरीले तीन-तीन रनको योगदान दिए ।

उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ हात पार्यो भने उपविजेता सुदूर पश्चिमले तीन लाखमा चित्त बुझायो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

----------------------------------

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया