म्यानचेस्टर सिटी छाेड्दै डेभिड सिल्भा

 असार ११, २०७६ बुधबार १३:१६:३१ | एजेन्सी
unn.prixa.net

डेभिड सिल्भाले म्यानचेस्टर सिटीबाट बाहिरिने निर्णय गरेका छन् । एक अन्तर्वार्तामा सिल्भाले २०१९-२० को सिजन पछि म्यानचेस्टर सिटी छोड्ने बताए ।

३३ वर्षे सिल्भाले म्यानचेस्टर सिटीलाई चारवटा प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सन् २०१० मा सिटीमा आबद्ध भएका सिल्भाले ३९५ खेल खेल्दै क्लबलाई चार‌ पटक लिग कप र दुई पटक एफए कपको उपाधि पनि जिताएका थिए ।

गएकाे सिजन पनि उनले ३३ खेलमा ६ गोल गरेका थिए । यो सिजनपछि क्लबमा रहने वा नरहने भन्ने जिज्ञासामा उनले यो अन्तिम सिजन हुने प्रतिक्रिया दिए । ‘१० वर्ष मेरो लागि पर्याप्त हो । क्लब छोड्ने यो नै उपयुक्त समय हो’, सिल्भाले थपे ।

सिटीले सिल्भाको दुई वर्ष सम्झौता बढाउन चाहन्थ्यो । तर उनले एक वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेको बुझिएको छ ।

----------------------------------

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया