बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै – एएफसी कप २०१९ अन्तर्गत समूह 'ई' को अन्तिम खेलमा नेपालको लिग च्याम्पियन क्लब मनाङ मर्स्याङ्दीले भारतको चेन्नाइन एफसीसँग खेल्दै छ ।
एन्फा मैदान ललितपुरमा बुधबार सवा चार बजे सुरु हुने खेलमा मनाङले पहिलो रोजाइका खेलाडीको नामावली सार्वजनिक गरेको छ । विराज महर्जनकोे कप्तानीमा खेल्ने टिममा गोल किपरमा विशाल श्रेष्ठ रहेका छन् । विराजसहित देवेन्द्र तामाङ, कमल श्रेष्ठ, साहिद अजिज डिफेन्डरको रुपमा रहेका छन् ।
मिल्डफिल्डमा विशाल राई, अभिषेक रिजाल, हेमन गुरुङ र सुजल श्रेष्ठ रहेका छन् । त्यस्तै फरवार्डमा सोमिडे एडेलजा र अफिज वलावले ओलाडिपो रहेका छन् ।
चेन्नाइन एफसीमा करणजीत सिंह, सिंङखाङ गेमबाम, एलिसविह फिलो, अनिरुध थापा, जेरी लालरिनजुलहा, मोहम्मद रफि, आइज्याक भानमल साओमा, मेल्सन भेरियटो (कप्तान), क्रिष्टोफर हर्ड, फ्रान्सिस्को फर्नान्डेज रेम सोचुङ अइमोल पहिलो रोजाइमा परेका छन् ।
प्रतियोगिताबाट बाहिरिसकेको मनाङले अन्तिम खेलमा सुखद् नतिजा निकाल्ने दावी गरेको छ । यसैगरी चेन्नाइनलाई भने अर्को चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ ।
उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः