‘गलबन्दी’ विवाद: प्रकाश सपूत र शम्भु राईबीच सहमति

 असार ११, २०७६ बुधबार १६:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चर्चित लोकगीत 'गलबन्दी' को विषयलाई लिएर पुराना लोक गायक शम्भु राई र प्रकाश सपूतबीच भैरहेको विवाद मिलेको छ । 

गायक राईले आफ्नो 'आउ नाचौँ साथी हो कम्मर कसेर' बोलको गीतको लय प्रकाश सपूतले 'गलबन्दी' गीतमा हुबहु नक्कल गरेको भन्दै नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा मुद्दा हाल्नुभएको थियो । 

बुधबार शम्भु राई र प्रकाश सपूतबीच सहमति भएको छ । सहमति अनुसार प्रकाश सपूतको 'गलबन्दी' गीतको वितरण र यूट्युब च्यानलमा गीत संगीत सिर्जना शम्भु राई र पुनः गीत संगीत सिर्जना प्रकाश सपूत लेखिनेछ । 

तर गलबन्दी गीतको संगीत सिर्जनामा शम्भु राईको नाम लेखिए पनि त्यसको सबै अधिकार प्रकाश सपूतमा रहने र आर्थिक आम्दानी पनि उनकै रहने सहमति भएको छ ।

त्यस्तै शम्भु राईले नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा हालेको मुद्दा पनि फिर्ता लिने सहमति भएको छ ।  

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

 


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया