शाहीद कपूरको ‘कबिर सिंह’ ले पाँच दिनमै कमायो १०० करोड

 असार ११, २०७६ बुधबार २०:३६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

बक्सअफिसमा धमाकेदार सफलता हासिल गर्दै अभिनेता शाहीद कपूरको फिल्म ‘कबिर सिंह’ ले प्रदर्शनको पाँचदिन भित्रै १०० करोड क्लबमा प्रवेश गरेको छ ।

यो फिल्म शाहीद कपूरको करियरमा एकसय करोड कमाउने पहिलो सोलो फिल्म हो । दक्षिण भारतीय सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो कबीर सिंह । ‘अर्जुन रेड्डी’ का निर्देशक सन्दिप वागाले नै हिन्दी भर्जन ‘कबिर सिंह’ को निर्देशन गरेका हुन् ।

जून २१ मा प्रदर्शन भएको ‘कबिर सिंह’ ले प्रदर्शनको पहिलो दिन शुक्रबार २०.२१ करोड, शनिबार २२.७१ करोड, आइतबार २७.९१ करोड, सोमबार १७.५४ र मंगलबार १६.५३ करोड रुप्रयाँ कमाउँदै पाँचौँ दिनसम्म आइपुग्दा १०४.९० करोडको व्यापार गरेको छ । ‘कबीर सिंह’ ले बक्सअफिसमा गरिरहेको प्रदर्शनले बलिउड आश्चर्यमा छ । ‘कबिर सिंह’ ले हरेक दिन सफल प्रदर्शन गरिरहेको छ र यही गति कायम भए याे फिल्म सजिलै २०० करोड क्लबमा प्रवेश गर्नेछ । 

यस अघि सन् २०१९ मा प्रदर्शन भएका फिल्महरु मध्य सलमान खानको फिल्म ‘भारत’ ले प्रदर्शनको चौथो दिनमा, अक्षय कुमारको फिल्म ‘केसरी’ ले ७औं दिनमा, रणवीर सिंहको फिल्म ‘गली ब्वाय’ ले ८औं दिनमा र अजय देवगनको फिल्म ‘टोटल धमाल’ ले ९औं दिनमा १०० करोडको व्यापार गरेको थियो ।

यस अनुसार यस वर्ष प्रदर्शन भएका फिल्महरु मध्य सबैभन्दा छिटो १०० करोड कमाउने फिल्ममध्य सलमान खानको ‘भारत’ पहिलो र शाहीद कपूरको फिल्म ‘कबिर सिंह’ दोस्रो बनेको छ ।

 तर सलमान खानको फिल्म ‘भारत’ ४७०० स्क्रीनमा रिलिज भएको थियो भने ‘कबिर सिंह’ ३१२३ स्क्रीन मात्रै पाएको थियो । यस सँगै शाहिद कपूरको फिल्मले रणबीर सिंह, अक्षय कुमार र अजय देवगनका फिल्मको भन्दा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरुलाई पछि पारिदिएका छन् । 

‘कबिर सिंह’ लाई आम दर्शकको रिभ्यूले निकै लाभ भइरहेको छ । माउथ टू माउथ पब्लिसिटीका कारण दर्शकहरु फिल्म हेर्नका लागि फिल्महल पुगिरहेका छन् । यस अघि सलमान खानको फिल्म ‘भारत’ रिलिज भएको थियो तर सलमान खाले दर्शकमाझ खासै प्रभाव पार्न सकेनन् । 

तर शाहीद कपूरको ‘कबीर सिंह’ ले भने दर्शकहरुलाई हलसम्म तान्न सफल भइरहेको छ । शाहीद कपूर र कियारा अडवाणीको बेजोड अभिनयलाई युवाहरुले निकै रुचाइरहेका छन्। 

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया