सडकमा लेदो जमेपछि पृथ्वी राजमार्ग अवरुद्ध

 असार १२, २०७६ बिहिबार ८:१२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – पृथ्वी राजमार्गको धादिङ खण्डमा सडकमा लेदो जमेपछि बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

रागमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानमा बुधबार रातिदेखि नै लेदो माटो खसेपछि सडक अवरुद्द भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै धेरै गाडी बाटोमै रोकिएका हुन् । अहिले लेदो माटो सडकबाट हटाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । सडकभन्दा माथिबाट बालुवा निकालिएकाले वर्षा भएपछि सडकमा लेदो जमेको हो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया