आमाले विवाहको प्रस्ताव अस्वीकार गर्दा छोरीको अपहरण, अपहरणकारी पक्राउ

 असार १२, २०७६ बिहिबार ८:३८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – आमाले विवाह गर्न नमानेपछि ६ वर्षिया छोरी अपहरण गरेको घटना सार्वजनिक भएको छ । तिलोत्तमा नगरपालिका–१२ बाट सोमबार साँझ अपहरणमा परेकी ६ वर्षीया बालिकालाई बुटवल–५ मा रहेको बुटवल प्लाजा एण्ड रेष्टुरेण्टबाट प्रहरीले बुधबार उद्धार गरेको हो । 

प्रहरीले बालिका अपहरणमा संलग्न वीरगञ्जका जयराम दासलाई पक्राउ गरेको छ । स्थानीय रैनी खोलामा पुल बनाउने ठेक्का लिएका दासको कामकै सिलसिलामा बालिकाकी आमासँग चिनजान भएको थियो ।

सामान्य चिनजान भएपछि दासले बालिकाको आमासँग विवाहको प्रस्ताव राखेका थिए । विवाहको प्रस्तावलाई बालिकाको आमाले अस्वीकार गरेपछि दासले बालिकाको अपहरण गरेर बन्धक बनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया