विश्वकप क्रिकेट : भारतले वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दै

 असार १२, २०७६ बिहिबार ९:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

एकदिवसीय विश्वकपमा भारतले बिहीबार वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दा आफ्नो जितयात्रा निरन्तरता दिन चाहन्छ । ५ खेलमा ४ जित हासिल गरिसकेको भारतका लागि अर्को एक जितले सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ ।

न्यूजिल्याण्डसँग अप्रत्यासित रुपमा ५ रनको हार ब्यहोरेपछिको पहिलो खेलमा वेस्ट इण्डिजले भारतसँग खेल्दैछ । त्यस खेलमा वेस्ट इण्डिजको ब्याटिङ क्रम ध्वस्त भइसकेको थियो । कार्लोस ब्रेथवेइटले केही प्रभावशाली शटहरु प्रहार गरेपछि उसको जित आशा जागेको थियो ।

जारी विश्वकपभरि नै ज्यासन होल्डर नेतृत्वको टोलीले यस्तै अनिश्चित प्रदर्शनहरु गरिरहेको छ । ६ खेलबाट ३ अंक जोडेको क्यारेवियन टोलीका लागि सेमिफाइनल आशा जीवित राख्न बाँकी तीनै खेल जितेर पुग्दैन, अरु टोलीको नतिजामा पनि भर पर्नुपर्छ ।

प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका हार्ड हिटर आन्द्रे रसेल घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

उच्च लयमा रहेको भारतीय टोलीबिरुद्धको खेलमा रसेलको अनुस्थिति पनि वेस्ट इण्डिजका लागि महंगो पर्न सक्छ । भारतका बलरले पुनः एकपल्ट म्याच विनिङ क्षमताको प्रदर्शन गर्ने अपेक्षा गरिन्छ ।

पछिल्लो खेलमा सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानबिरुद्धको जितमा मोहम्मद सामीले विश्वकप इतिहासको दशौं र जारी विश्वकपमा पहिलो ह्याट्रिक विकेट लिएका थिए ।

सामी वेस्ट इण्डिजबिरुद्ध पनि सुरुआती सेटमा पर्न सक्छन्, किनभने भुवनेश्वर कुमारले ह्याम्स्ट्रिङको चोटका कारण खेल्न सकेका छैनन् ।

भारतीय मध्यक्रमका ब्याट्सम्यानले संयमित भएर खेल्नुपर्ने देखिन्छ । जसले बलरहरुलाई कम दवाव परोस म्यान्चेस्टरको ओल्ड ट्राफोट मैदानमा हुन लागेको यस खेलमा सुख्खा पीचमा स्पिनरहरु हावी हुने अनुमान गरिएको छ ।

बिहीबार म्यानचेस्टरमा वर्षाको सम्भावना छैन । जारी विश्वकपमा अहिलेसम्म यस मैदानमा भएका ३ खेल पहिलो ब्याटिङ गर्ने टोलीले जितेको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया