सांसद कोष कटौती हुने

 जेठ ५, २०७५ शनिबार १९:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ५ – सरकारले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत सांसदहरुले पाउँदै आएको रकम कटौती गर्ने तयारी गरेको छ ।

पार्टी एकीकरणपछि शनिबार संघीय संसद भवन नयाँ वानेश्वरमा बसेको पहिलो संसदीय दलको एकीकृत बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसद विकास कोष र निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगतको रकम कटौती हुने संकेत गर्नुभएको हो ।

विकासका कार्यक्रमका मोडालिटीको टुंगो नलागिसकेकाले सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कोषको रकमलाई लिएर अनावश्यक उत्तेजनामा नआउन उहाँले सांसदहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘निर्णयतहमा पुगिनसकेका विषयमा अनावश्यक महत्व दिएर अनावश्यक सेन्टिमेण्टल नहुन आग्रह गर्दछु ।’

सरकारले यसअघि निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम अन्र्तगत हरेक निर्वाचन क्षेत्रले पाउने ३ करोड र प्रत्येक सांसदले सांसद विकास कोष मार्फत पाउने ५० लाख रुपैयाँलाई अर्को व्यवस्था नहुन्जेल रोकेको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया