रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ घट्यो

 असार १२, २०७६ बिहिबार १०:४४:५९ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार पनि अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ९५ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको  थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४२ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ५० पैसा र बिक्रीदर २९ रुपैयाँ ६६ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा छ । हिजो बुधबार खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा थियो । 
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २९  पैसा थियो । 

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६१ पैसा र बिक्रीदर २६ रुपैयाँ ७५ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा थियो । 

बिहीबार कुवेती दिनार १ को खरिददर ३६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा छ । हिजो खरिददर ३६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८७ पैसा रहेको थियो । 

यस्तै बिहीबार बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ७० पैसा र बिक्रीदर २९४ रुपैयाँ २९ पैसा छ । बुधबार खरिददर २९३  रुपैयाँ ५१ पैसा र बिक्रीदर २९५ रुपैयाँ १० पैसा थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया