अर्घाखाँचीमा जीप दुर्घटना : एक जनाको ज्यान गयो, दुई जना घाइते

 असार १२, २०७६ बिहिबार १०:४५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्क १० पाेखेडाँडामा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । 

नाैलापानीबाट सन्धिखर्क आउँदै गरेकाे लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पाेखेडाँडाकाे ओरालाेमा बिहीबार बिहान दुर्घटनामा परेको हाे । 

दुर्घटनामा सन्धिखर्क–९ नाैलापानीका ७० वर्षीय बाेमबहादुर खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक मालारानी–७ बामरुकका ३५ वर्षीय बिष्णु बस्नेत र सन्धिखर्क–९ का २० वर्षीय अनिल जीसी घाइते भएका छन् ।

घाईते दुबै जनाकाे जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया