अभिनेत्री करिष्मा मानन्धर ‘बी’ प्लस ग्रेडसहित एसईई उत्तीर्ण

 असार १२, २०७६ बिहिबार १७:३६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिक्षाको फलामे ढोका मानिने एसईई परिक्षाको नतिजा बिहीबार प्रकाशित भएको छ । एसईई परीक्षामा अभिनेत्री करिश्मा मानन्धर ३ जीपीए नम्बरसहित उत्तीर्ण भएकी छिन् ।  मानन्धर बी प्लस ग्रेडमा उत्तीर्ण भएकी हुन् ।

अभिनेत्री मानन्धरले एसईईको तयारीका लागि विध्यालयमा भर्ना भएर नियमित कक्षा समेत लिएकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् ।  त्यसै विद्यालयबाट उनले एसईईको तयारी गरेकी थिइन् । 

अभिनेत्री मानन्धरले अध्ययन गरेको त्रिवेणी पब्लिक बोर्डिङ स्कुलको सेन्टर विजय स्मारक माविमा परेको थियो । काठमाण्डौको डिल्ली बजारमा रहेको त्यस विद्यालयबाट उनले एसईई दिएकी हुन् । 

करिष्माले कक्षा ७ पढ्दापढ्दै पढाइ बीचैमा छोडेर सिने क्षेत्रमा लागेकी थिइन् । उनी चलचित्र क्षेत्रमा आउँदा मात्र १४ वर्षकी थिइन् । एकपछि अर्को चलचित्रमा प्रशंसा हुन थालेपछि उनले पढाइ बिर्सिइन् र चलचित्र क्षेत्रमा नै रमाउन थालिन् । 

चलचित्रमा काम गरिरहँदा उनलाई पढाइको कत्ति पनि आवस्यकता महसुस भएन । उनी सुन्दर, सफल र कुशल अभिनेत्रीको नामले सबै माझ परिचित बन्दै गइन् । उनी लामो समय अमेरिका बसिन् । 

अमेरिकामा रहँदा सम्म पनि उनलाई पढाईले बाधा गरेको थिएन । अमेरिकाको लामो बसाइपछि उनी नेपाल फर्किइन् । नेपाल फर्किएपछि भने उनी राजनितितर्फ आकिर्षित भइन् । उनी डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध भइन् । त्यसपछि भने उनलाई पढाइ खड्किन थाल्यो । पढाइलाई उमेरले छेक्दैन भने जस्तै उनलाई पनि उमेरले रोकेन । उनी कक्षा ८ बाट आफ्नो अध्ययनलाई अघि बढाइन् । विद्यालय त नियमित जान्थिन् नै त्यससँगै एकाउन्ट र गणित विषयको ट्यूसनसमेत पढ्न थालिन् । 

एसईईकै लागि उनले निकै मेहेनत गरेकी थिइन् । विद्यालय भर्ना भएको सुरुवाति दिन करिष्माको लागि सहज थिएनन् । आफ्ना छोरी समान साथीहरुसँगै बसेर पढ्नु पर्दा उनीहरुसँग घुलमिल हुन निकै गाह्रो भयो । सबै जनाले धेरै बेर हेरिरहन्थे । तर, बिस्तारै उनले सबै कुरा स्वीकारिन् । हाल भने अभिनेत्री मानन्धरले डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी परित्याग गरिसकेकी छन् ।

आफूलाई सहज बनाइन् । ‘लक्ष्य लिए पछि असम्भव भन्ने के नै हुन्छ र’ उनी भन्छिन् ।  

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ५० हजार २ साय ७५ परीक्षार्थी सहभागी भएकोमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

2 Comments

  • Dharma

    June 27, 2019, 9:34 p.m.

    निकै राम्रो कुरा , उदाहरणीय काम /

  •  0 Reply
  • Samuel Shaw

    June 27, 2019, 7:33 p.m.

    Congratulations 🎉

  •  0 Reply

तपाईको प्रतिक्रिया