विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई भारतले दियाे २६९ रनकाे विजयी लक्ष्य

 असार १२, २०७६ बिहिबार १९:१९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले वेष्ट इन्डिजलाई २६९ रनको लक्ष्य दिएको छ । म्यानचेस्टरकाे ओल्ड ट्राफाेर्डमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ६८ रन बनायो ।

राम्रो सुरुवात गर्न नसकेको भारतले २९ रनमा पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा १८ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुलबीच ६९ रनको साझेदारी भएपछि भारत केही सम्हालिएको थियो । तर राहुल ४८ रनमा आउट भए । त्यसपछि अर्का खेलाडी विजय शंकर व्यक्तिगत १४ रनमा पेभेलियन फर्किएपछि भारतले एक सय २६ रनमा तेस्रो विकेट खेर फाल्यो ।

भारतले त्यसपछि अरु दुई विकेट कम रनमा नै गुमायो । कप्तान विराट कोहली व्यक्तिगत ७२ रनमा आउट भए भने केदार जादव मात्र सात रनमा पेभेलियन फर्किए । एक सय ८० रनमा पाँच विकेट गुमाएको भारतका लागि महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्याबीच ७० रनको साझेदारी भएपछि भारतले राम्रो चुनौती दिन सफल भयो । हार्दिकले ४६ रन बनाए ।

त्यसपछि क्रिजमा आएका मोहम्मद शामीले खाता खोल्न सकेनन् । जसका कारण भारतले दुई सय ५२ रनमा सात विकेट गुमायो । भारतका लागि धोनीले अविजित ५६ रन बनाए ।

बलिङतर्फ वेष्ट इण्डिजका केमर रोचले तीन तथा जेसोन होल्डर र शेल्डन कट्रेलले दुई-दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया