विश्वकप क्रिकेट : श्रीलंकाको समिफाइनलमा पुग्ने आशा

 असार १३, २०७६ शुक्रबार ११:४०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्को एक जितले श्रीलंकालाई सेमिफाइनलको दावेदारको रुप दिनेछ । तर त्यसका लागि उसले दक्षिण अफ्रिकालाई पराजित गर्नुपर्नेछ । प्रतियोगिताबाट बाहिरिइसकेको दक्षिण अफ्रिकालाई श्रीलंकाविरुद्धको खेलमा गुमाउनु केही छैन ।

इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वकप अन्तर्गत श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेल दिउँसो सवा तीन बजे दरहाममा हुनेछ । यस मैदानमा विश्वकपको पहिलो खेल हुन लागेको हो ।

बुधबार पाकिस्तानले न्यूजिल्याण्डलाई पराजित गरेको थियो । र, यस खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई पराजित गरेको अवस्थामा विश्वकपको सेमिफाइनल दौड वास्तवमै रोमान्चक हुनेछ ।

६ खेलबाट ६ अंकसहित श्रीलंका अहिले सातौं स्थानमा छ । तर, दुई अंकले उसलाई सिधै इंग्ल्याण्डभन्दा एक स्थान तल पाँचौं स्थानमा पुर्‍याउनेछ । इंग्ल्याण्ड आफैँ पनि सेमिफाइनलमा पुग्न संघर्षरत देखिन्छ ।

यता दक्षिण अफ्रिकाका लागि भने यो खेल प्रतिष्ठाका लागि मात्र हो । उसको जितले अंक तालिकामा अंक मात्र परिवर्तन हुनेछ, उसको पजिसनले फरक पार्ने छैन ।

आईसीसी एकदिवशीय विश्वकपको इतिहासमै दक्षिण अफ्रिकाको सबैभन्दा कमजोर प्रदर्शन हो यो । सन् १९९२ देखि विश्वकप खेल्न थालेको न्यूजिल्याण्ड समूह चरणबाटै बाहिरिएको यो दोस्रोपल्ट हो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया