विदुयुत प्राधिकरण वीरगञ्जले पैसा नतिर्ने ६ सय ग्राहकको लाइन काट्यो

 असार १३, २०७६ शुक्रबार २०:२५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले चालु आर्थिक वर्षको चैतसम्ममा विद्युत महसुल नबुझाउने झण्डै ६ सय ग्राहको विद्युत लाइन काटेको छ । 

प्राधिकरणले बारा पर्साका विभिन्न ठाउँका ५ सय ९८ ग्राहकको विद्युत लाइन काटेको केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो । काटिएकामध्ये ५ सय ९५ जनाले पुन: लाइन जडान गरेको र त्यसबाट ५ करोड १४ लाख रुपैयाँ असुल भएको पनि उहाँले जानकारी दिनुभयो । 

साथै प्राधिकरणले ८७ ग्राहकलाई कालो सूचीमा राखेर कारवाही पनि गरेको छ । पटक पटक शुल्क असुलीको ताकेता गर्दा पनि नउठेपछि लाइन काटेर कालो सूचीमा राखेर कारवाही गरिएकाे उहाँले बताउनुभयाे । ८७ ग्राहकबाट ४३ लाख महसुल असुल गरिएकाे पनि शाखा प्रमुख ठाकुरले बताउनुभयाे ।  

यो बाहेक प्राधिकरण वीरगञ्ज शाखाले बिलिङ गरेको झण्डै शत प्रतिशत विद्युत महसुल संकलन भएको शाखा प्रमुख ठाकुरले जानकारी दिनुभयो । सडक बत्तीको शुल्क छाडेर बाँकी महसुल संकलन भएको उहाँले बताउनुभयो । 

चालु आर्थिक वर्षको चैतसम्ममा प्राधिकरण वीरगंज वितरण केन्द्रले २ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ विद्युत महसुल उठाएको छ ।  

शाखाले २ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ विलिङ गरेको थियो । यसमा सडक बत्ति लगायत अन्य विविध जोडिएकाले बढी बिलिङ देखिएको उहाँले बताउनुभयो । 

प्राधिकरण वीरगञ्ज शाखाले चुहावट अन्त्य गर्न विभिन्न स्थानमा अनुगमनका साथै हुकिङ गरेर विद्युत चोरी गर्नेलाई कारबाहीको दायरामा पनि ल्याइरहेको शाखा प्रमुख ठाकुरले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया