मोटरसाइकल दुर्घटनामा परि चिकित्सकको मृत्यु

 असार २२, २०७५ शुक्रबार २०:२०:३५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीमा भएको मोटरसाइकल दुर्घटनामा परि चितवन मेडिकल कलेजका चिकित्सक रोशन कुमार साहको मृत्यु भएको छ ।

शुक्रवार घरबाट कार्यस्थल चितवन मेडिकल कलेज जाँदै गरेको अवस्थामा महोत्तरीको मरहा पुलमा भएको मोटरसाइकल दुर्घटनामा परि जनकपुर १५ का २४ बर्षीय साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार साहले चढेको बा ४ प ६७५९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । 

मोटरसाइकलमा पछाडि बसेका धनुषा शहिदनगर नगरपालिकाका २७ बर्षीय सन्तोष कुमार महतो घाइते भएका छन् ।

उनको शुभ स्वस्तिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर पठाइएको महोत्तरीका प्रहरी उपरीक्षक कुवेर सिंह कडायतले बताउनुभयो ।


 

अन्तिम अपडेट: फागुन २९, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया