पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज
बैशाख १३, २०८१ बिहिबार
रुसमा जारी विश्वकप२०१८ अन्तरगत आज भइरहेको फ्रान्स र उरुग्वेबीचको क्वार्टरफाइनल खेलमा फ्रान्सले अग्रता लिएको छ ।
खेलको ३८ औं मिनेटमा उरुग्वेका रोड्रिगो बेन्टान्करले कोरिन्टोन टोलिस्सोलाई डिबक्स नजिकै फाउल गरेपछि रेफ्रीले फ्रीकिक दिएका थिए ।
फ्रान्सका एन्टोइन ग्रिजम्यानले हानेको फ्रीकिकलाई रफाएल भारानेले शान्दार हेड गर्दै ४० औं मिनेटमा गोलमा परिणत गरेका थिए ।
त्यसपछि दुवै पक्षबाट अन्य गोल नभएपछि खेलको पहिलो हाफ १–० को स्थितिमा सकिएको छ ।