जीप दुर्घटना : छाेरालाई बचाए तर आफू बाँचेनन्

 असार १४, २०७६ शनिबार १२:५:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - श्रीगाउँमा शनिबार बिहान भएको जीप दुर्घटनामा चालकको ज्यान गएको छ । जीप दुर्घटनामा दंगिशरण गाउँपालिका-७ रचपलका २९ वर्षीय डिल्लीबहादुर वलीको ज्यान गएको प्रहरीले जनाएको छ । 

शान्तिनगरको रगैंचादेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४३६ नम्बरको जीप अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । घाइते चालक वलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल ल्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । 

जीपमा जम्मा ४ जना मात्रै सवार थिए । उनीहरु सबै घर परिवारका सदस्यहरु मात्रै रहेको खुल्न आएको छ । जीपमा सवार अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालक वलीले छोरालाई जोगाउन बाहिर फालेका थिए । उनी आफू पनि हाम फाल्ने क्रममा जीपले च्यापिएका कारण ज्यान गएको हो । साथै उनको छोराको अवस्था पनि सामान्य छ ।  

अन्तिम अपडेट: चैत २२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया