सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
रुसमा जारी विश्वकप २०१८ अन्तरगत आज भइरहेको फ्रान्स र उरुग्वेबीचको क्वार्टरफाइनल खेलमा फ्रान्सले २–० को अग्रता लिएको छ ।
खेलको ४० औं मिनेटमा उरुग्वेका रोड्रिगो बेन्टान्करले कोरिन्टोन टोलिस्सोलाई डिबक्स नजिकै फाउल गरेपछि रेफ्रीले फ्रीकिक दिएका थिए ।
फ्रान्सका एन्टोइन ग्रिजम्यानले हानेको फ्रीकिकलाई रफाएल भारानेले शान्दार हेड गर्दै ४० औं मिनेटमा गोलमा परिणत गरेका थिए ।
त्यस्तै खेलको ६१ औँ मिनेटमा २५ यार्ड टाढाबाट एन्टोइन ग्रिजम्यानले गरेको प्रहारलाई उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले गल्ती गर्दा फ्रान्सले २–० को अग्रता लिन पुग्यो । फर्नान्डोले रोकिसकेको बल हातबाट फुत्किएको थियो ।