कंगना र राजकुमार रावको ‘मेण्टल है क्या ’ काे नाम अहिले किन भयो ‘जजमेण्टल’?

 असार १५, २०७६ आइतबार १४:२९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा अभिनेतृ कंगना रनावत र राजकुमार रावले अभिनय गरेको चलचित्र मेण्टल है क्या? अब नयाँ नाममा रिलिज हुने भएको छ ।

निर्माता कम्पनी एकता कपूरको बालाजी प्रोडक्शनले यो कुराको पुष्टि गरेको हो । बालाजीले भनेको छ, मानसिक स्वास्थ्यसँग जोडिएको संवेदनशीलता र कसैको भावनामा पनि चोट नपुगोस् भन्ने उद्देश्यले निर्माताहरुले मेण्टल क्या है लाई जजमेण्टल बनाउने निर्णय गरेको हो ।

फिल्मलाई यू ए सर्टिफिकेट

कम्पनीका प्रवक्ताले भनेका छन्, ‘कंगना राजकुमारले फिल्ममा धेरै मेहनतच गरेका छन् । हामी दर्शकलाई यो दखाउन धेरै कुराउन सक्दैनौँ । सेन्सर बोर्डले सानो परिमार्जन पछि फिल्मलाई यू ए सर्टिफिकेट सहित प्रदर्शनको अनुमति दिएको छ । यो फिल्म अब २६ जुलाइमा रिलिज हुनेछ ।’ 

डाक्टरहरुले फिल्मको नामको विरोध गरेका थिए

यो फिल्मको ट्रेलर जुनको १९ तारिखमा आउने योजना थियो । मानसिक स्वास्थ्यमा काम गर्ने डाक्टरहरुको संगठन द इण्डियन साइकाइट्रिक सोसाइटीले फिल्मको नाममा आपत्ति जनाउँदै संस्थाका बोर्ड अध्यक्ष प्रसुन जोशीले उजुरी दिएका थिए । सोसाइटीले फिल्मको नामले मानसिक रोगसँग लडिरहेका व्यक्तिहरुको खिल्ली उडाउने बताएपछि कंगना र फिल्म निर्माताले ट्रेलर लञ्च गर्ने मिति रद्द गरेका हुन् ।

दीपिका पादुकोणको एनजीओ द लाइभ लभ फाउण्डेशनले पनि फिल्मको नामका बारेमा प्रश्न उठाएको थियो । फिल्मको नाम यस्तो राख्नुले मेण्टल शब्दको गलत प्रयोग गर्ने व्यक्तिहरुलाई बढावा दिने उनीहरुको भनाइ थियो
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया