विश्वकप क्रिकेट: ‘गर या मर’ अवस्थाकाे इ‌ंग्ल्याण्ड अविजित भारतविरुद्ध टस जितेर ब्याटिङ गर्दै

 असार १५, २०७६ आइतबार १५:४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आज घरेलु टोली इंग्ल्याण्ड र भारत खेल्दैछन् । प्रतियोगितामा उत्कृष्ट सुरुआत गरे पनि अहिले गर या मरको अवस्थामा रहेको इंग्ल्याण्ड सेमिफाइनलका लागि सुरक्षित स्थानमा रहेको भारतविरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ ।

आजको खेलमा भारत विजयी भए इंग्ल्याण्डलाई सेमिफाइनल पुग्न निकै कठिन हुने छ भने भारत शीर्ष स्थानमा उक्लदै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।
भारतले आज ऋषभ पन्तलाई स्थान दिएको छ । उनलाई विजय शंकरको ठाउँमा ल्याइएको जनाइएको छ ।

घरेलु टोली इंग्ल्याण्डले भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया