प्रहरी र स्थानीयबीच झडप हुँदा सर्लाहीमा १ जनाको ज्यान गयाे

 असार १५, २०७६ आइतबार १८:१७:३२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको ईश्वरपुर नगरपालिका १३ मा प्रहरी र स्थानीयबासिन्दाबीच झडप हुँदा १ जनाको ज्यान गएको छ ।

झडपमा प्रहरीको गोली लागेर ३५ वर्षका सरद कुमार महतोको ज्यान गएको हो । महतोको उपचारका क्रममा ज्यान गएको जिल्ला अस्पताल मलंगवाले जनाएको छ । झडपमा परेर १० जनाभन्दा धेरै प्रहरी र स्थानीय बासिन्दा घाइते भएका छन् ।

शनिबार बालुवा गिट्टी निकालिएको खाल्डोमा परेर ११ वर्षका अमितकुमार राय यादवको ज्यान गएपछि राजमार्ग अवरोध गर्न पुगेका स्थानीयबासिन्दामाथि प्रहरीले गोली चलाएको हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया