कावासाेतीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

 असार १६, २०७६ सोमबार ९:९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी - नवलपरासीको कावासोतीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएकाे छ ।

साेमबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती - ८ खरकट्टा जंगलमा लु २ ख १० नम्बरको ट्रकले लु ४८ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका - ७ का २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकल पछाडी बस्ने ३३ वर्षीय तारा पोखरेलकाे मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका दुवैजनाको उपचारको क्रममा कालिगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया