विश्वकप क्रिकेटः श्रीलंकालाई सेमिफाइनलको झिनो आश, वेष्ट इण्डिजलाई प्रतिष्ठाको चिन्ता

 असार १६, २०७६ सोमबार १३:३९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवशीय विश्वकपमा साेमबार श्रीलंका र वेष्ट इण्डिज आमने सामने हुँदैछन् । वेष्ट इण्डिज यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ भने श्रीलंकाको सेमिफाइनल प्रवेशको झिनो आशा बाँकी छ ।

सोमबार चेस्टर ली-स्ट्रिटमा हुने यो खेल नेपाली समय अनुसार सवा ३ बजेदेखि सुरु हुनेछ ।

इंग्ल्याण्डलाई २० रनले पराजित गरेसँगै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको श्रीलंकाले पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो ।

७ खेलबाट ६ अंक जोडेको श्रीलंकाले बाँकी दुवै खेलमा जित हासिल गरेरमात्र हुँदैन अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा श्रीलंकाली ब्याटिङक्रम ध्वस्त भएको थियो । जितका लागि उसले ब्याटिङमा मुख्य सुधार गर्नुपर्नेछ ।

पहिलो खेलमा पाकिस्तानलाई हराएर विश्वकपमा सानदार सुरुवात गरेको वेष्ट इण्डिजले भने त्यसयता कुनै खेल जित्न सकेको छैन । उत्कृष्ट खेलाडीले भरिएर पनि उसको तालमेल मिलिरहेको छैन ।

दबाबमुक्त खेलमा वेष्ट इण्डिजले श्रीलंकाली अभियानमा भाँजो हाल्ने प्रयास भर्ने निश्चित रुपमा गर्नेछ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया