विश्वकप क्रिकेट : श्रीलंकाले दियाे वेष्ट इण्डिजलाई ३३९ रनकाे विजयी लक्ष्य

 असार १६, २०७६ सोमबार १९:२५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई ३३९ नको विशाल लक्ष्य दिएको छ । निर्धारित ओभरमा श्रीलंकालले ६ विकेट गुमाएर ३३८ रन बनाएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले बलियाे सुरुवात गरेको थियो । डिमुथ करुनारत्ने र कुशल परेराले ९३ रनको साझेदारी गरेका थिए । ३२ रन बनाएका करुनारत्नेलाई १५.२ ओभरमा वेष्ट इण्डिजका जेसन होल्डरले विकेटकिपर साइ होपको हातबाट क्याच आउट गराए ।

आक्रामक पारि खेलेका परेरा ६४ रन बनाएर रन आउट भए । त्यतिबेला श्रीलंकाको स्कोर वोर्डमा १०४ रन पुगेको थियो ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अभिष्का फर्नान्डोले श्रीलंकाको स्कोर बाेर्डमा रन थप्ने काम गरे । उनले १०३ बलमा १०४ रन बनाउँदै टिमको स्कोर ३१४ रन पुर्‍याउन मद्दत गरे । फर्नान्डो सेल्डन कोट्रेलको बलमा आउट भएका थिए ।

चौथो नम्बरका ब्याट्सम्यान कुशल मेन्डिसलाई ३९ रनमा फावियन एलेनले कट एण्ड बोल्ड गर्दै पेभेलियन पठाए । मेन्डिस आउट हुँदा श्रीलंकाले ३१.५ ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । चौथो विकेटको रुपमा श्रीलंकाले एन्जेलो म्याथ्युजलाई श्रीलंकाले गुमायो । म्याथ्युज २६ रन बनाएर आउट भएका हुन् । लिहरु थिरमानेले नटआउट ४५ रन बनाए । 

वेष्ट इण्डिजका लागि जेसन होल्डरले २ विकेट लिँदा फाबियन एलियन, ओसाने थोमस र सेल्डन कोट्रेलले एक-एक विकेट हात पारे ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया