कतारमै काम गरिरहेका र फर्किएका युवाले सामूहिक लगानीमा सुरु गरे व्यवसाय

 असार १७, २०७६ मंगलबार १२:३७:३९ | उज्यालो सहकर्मी

महेश्वर नेपाल/कतार ।

कतार – कतारमै काम गरिरहेका र कतारमा काम गरेर फर्किएका युवाले संयुक्त रुपमा व्यवसाय थालेका छन् । युवाहरुले सामूहिक लगानीमा काठमाण्डौको चावहिलमा रेस्टुरेण्ट, ट्राभल्स एण्ड टूर र आयुर्वेदिक क्लिनिक सञ्चालनमा ल्याएका हुन् । 

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका र कतारबाट फर्किएका नेपालीहरुको सामूहिक लगानिमा मिमोसा मल्टिपर्पोज कम्पनीमार्फत व्यवसाय  सुरु गरेको हुन् ।

सोमबार मिमोसा मिल्टपर्पोज कम्पनी प्रालिको उद्घाटन हास्य कलाकार दीपकराज गिरीले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै कलाकार दीपकराज गिरीले स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण मिमोसा मल्टिपर्पोज कम्पनी भएको बताउनुभयो । 

विदेशमा कमाएर बचत गरेकको केही रकमले स्वदेशमै केही गर्नु पर्छ भन्ने उदेश्यले नेपालमा सामूहिक लगानीमा बहुउद्देश्यीय कम्पनी स्थापना गरिएको र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने लक्ष्य लिएको प्रालिका संस्थापक अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो ।

सुविधासम्पन्न कोठासहितको होटल सञ्चालनको तयारी गरिरहेको र कतारमा काम सँगै काम गर्ने विभिन्न देशका सहकर्मी लगायतलाई नेपाल घुम्नका लागि उत्प्ररित गर्ने कम्पनीको आगामी योजना छ । 

नेपालमा आफूले गरेको व्यवसायको बारेमा जानकारी दिने उदेश्यले सोमबार दोहामा पनि कार्यक्रम गरिएको थियो । कार्यक्रममा डीएमआईका दीपक ढकाल, जागरुक युवा समाज नेपाल कतारका अध्यक्ष राज चुवान, सद्भाव युवा समाजका सल्लाहकार सुरेश तामाङलगायतको उपस्थिति थियो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया