बुढानीलकण्ठमा बसको ठक्करबाट ३ वर्षीया बालिकाको ज्यान गयो

 असार १७, २०७६ मंगलबार १४:२४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका–४, पासीकोटमा बसको ठक्करबाट बालिकाको ज्यान गएको छ ।

मंगलबार बिहान ९ बजेतिर बा २ ख ९९७४ नम्बरको बसले पैदल हिँडिरहेका बेला ठक्कर दिँदा पाँचथरका दिनेश नेपालीकी ३ वर्षीया छोरी सुजिताको ज्यान गएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया