बसको ठक्करबाट नवलपरासीमा पैदलयात्रुको ज्यान गयो

 असार १८, २०७६ बुधबार ९:३५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको देवचुलीमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

देवचुली नगरपालिका –१६, कुमारवर्ती चोकमा लु २ ख १४ ९३ नम्बरको बसले यही ठाउँका ७५ वर्षीय पैदलयात्री राधिका अधिकारीलाई ठक्कर दिँदा उहाँको घटना स्थलमानै ज्यान गएको प्रहरीले बताएको छ ।

बुधबार नै मध्यविन्दु नगरपालिका –८ , फूलबारीमा ना ७ ख ६८ ४१ नम्बरको बसलाई  ना ७ ख ६३ नम्बरको ट्रक ठक्कर दिँदा बसमा सवार १२ जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।

सामान्य घाइते १० जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । गम्भीर घाइते हुने सुर्खेत घर भएका २५ वर्षीय योगेश भासरती र ३५ वर्षीय मणिराम बरककोे  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया